यो मन त मेरो नेपाली हो


बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’‘ को पहिलो नम्बरमा’गीतले बनायो नया रेकर्ड (भिडियो)

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को दुई साता अघि सार्वजनिक भएको ‘पहिलो नम्बरमा’मा गीतले युट्युवमा नयाँ रेकर्ड बनाएको छ । ‘पहिलो नम्बरमा ’ सार्वजनिक भएको १४ दिनमा नै ५० लाख बढीले हेरेर अर्को नयाँ रेकर्ड कायम गरेको हो ।छोटो समयमा यति धेरै दर्शकले हेरेको यो पहिलो गीत हो ।

पचास लाख भ्युज कमाउँदै छोटो समयमा सर्वाधिक भ्युज पाउने पहिलो गीत बन्न सफल ‘छक्का पञ्जा ३’को यस गीतले चर्चित संगीतकार दीपक शर्माको संगीत दिएका हुन् ।बरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापाका शब्द रहेको गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । गीतलाई उदय पौडेलले एरेन्ज गरेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामांग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाको नृत्य रहेको छ । गीतले ५० लाख भ्यूअर्स नाघेसँगै निर्माता दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै आफ्ना दर्शक तथा शुभचिन्तकलार्इ धन्यवाद दिएका छन् ।

दीपाश्री निरौलाको निर्देशक फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।चलचित्र दसैंमा रिलिज हुदैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add