नयाँ दिल्ली, ५ भदौ । पछिल्लो समयमा अभिनेता सलमान खानले आफ्नो फिल्म ‘रेस ३’को प्रोमोशनको दौरानमा खुलासा गरेका थिए कि अहिलेको समयमा ज्याकलिन फर्नाण्डेज जस्ता अभिनेत्रीहरु कोही छैनन् । ज्याकलिनको यस प्रकारको तारिफले सलमानले ज्याकलिनलाई कति मन पाराउँछन् भन्ने कुरा पनि प्रष्ट पार्छ । अचेल ज्याकलिन सलमान देखि निकै निराश छन् ।

सलमानले आफ्नो आगामी फिल्म ‘भारत’बाट अभिनेत्री प्रियंका चोपडाले हात झिकेपछि अर्की अभिनेत्री कट्रिना कैफलाई अनुबन्ध गरेका छन् । यसै सन्दर्भमा ज्याकलिन सलमानसँग निराश भएकी हुन् ।
यस फिल्मको लागि सुरुमा अभिनेत्री प्रियंका चोपडालाई साइन् गराइएको थियो । साथै प्रियंकाको अलवा दिशा पटानी, तब्बु र नोरा फतेहीलाई पनि साइन गराइएको थियो । तर प्रियंकाले यो फिल्मबाट आफ्नो हात झिकिसकेकी छन् । त्यसपछि सलमानले प्रियंकाको स्थानमा कट्रिनालाई चुनेका छन् । मिड डेको एक रिपोर्टका अनुसार यस मल्टिस्टारको फिल्ममा ज्याकलिनको नजर गएको थियो तर त्यस्तो हुन सकेन ।

0 comments:
Post a Comment