यो मन त मेरो नेपाली हो


रणवीर आउट-अब भंसालीको फिल्ममा सलमान र दीपिकाको जोडी बन्दै !

एजेन्सी । संजय लीला भंसालीले सामो समय देखि अभिनेता सलमान खानसँग कुनै प्रोजेक्टमा सँगै काम गर्ने कोशिस गरिरहेका थिए । तर यस्तो समय जुरिरहेको थिएन । अहिले आएर अभिनेता सलमानले भंसालीको प्रोजेक्टमा काम गर्ने चर्चा चल्न थालेको छ ।

यो प्रोजेक्टमा सलमानको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण रहन सक्ने बताइएको छ । मिडिया रिपोर्टसका अनुसार पछिल्लो महिना भंसालीले फिल्मको नयाँ नाम रजिष्ट्रार गरेकाछन् । यो फिल्मको ड्राफ्ट फाइनल गर्नको लागि भंसलीले ६-९ महिना लगाउनेछन् । अर्को वर्ष यो फिल्मको सुटिङ हुनसक्ने बताइएको छ ।

टेलिग्राफको रिपोर्टमा बताइएको छ, ‘भंसालीले दीपिका र सलमानलाई काष्ट गर्न चाहन्छन् ।’ भंसलीले दीपिकाको साथमा काम गरिसकेका छन् । सबै फिल्ममा दीपिका लिड रोलमै देखिएकी थिइन्, भने सबै फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

अहिलेसम्म सलमान र दीपिकाको अनस्क्रीन पेयरिङ्ग गरेका छैनन् । धेरै पटक यो जोडी चर्चा पनि नचलेको होइन तर सँगै काम गर्ने समय भने जुरेको थिएन ।

दीपिका र सलमानको जोडी एकै साथ आउँदा फ्यानहरुका लागि कुनै सरप्राइज भन्दा कम भने हुने छैन । अहिले सलमान खान भने आफ्नो आगामी फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् । यसपछि उनी ‘दबंग ३’ मा व्यस्त हुनेछन् ।

तर अभिनेत्री दीपिकाको हातमा भने अहिले कुनै पनि फिल्म छैन । अहिले दीपिकाको अभिनेता रणवीर सिंहसँग विहेको चर्चा चलिरहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add