यो मन त मेरो नेपाली हो


फरक स्वादमा चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल टीजर सार्वजनिक

चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल टीजर सार्वजनिक गरिएको छ।भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को कमेडी टीजरमा कण्डमलाई मात्रै बढी फोकश गरिएको छ ।चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।

चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

नामकै कारणले चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन रहेको छ ।

तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । सन्दिप उप्रेती चलचित्रका सह-निर्माता हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add