यो मन त मेरो नेपाली हो


खुशीको खबर / जापानले माग्याे नेपाली कामदार, काेरियामा जस्तै जापान पठाउने सरकारकाे तयारी

काठमाडाैं । नेपाली कामदारकाे माग जापानसम्म हुन थालेकाे छ । जापानले पछिल्लाे समय नेपाल सरकारलार्इ पत्र नै काटेर कामदारकाे माग गरेकाे हाे । दक्षिण काेरियामा जस्तै जापानमा समेत नेपाली कामदार पठाउन सरकारले कार्य योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्राेतले जनाएकाे छ ।

जापानबाट माग हुने दक्ष र अर्धदक्ष कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयले जापानी अधिकारीहरूसँग छलफल गरिरहेकाे जनाइएकाे छ । श्रम मन्त्रालयकाे रोजगार महाशाखा र परराष्ट्र मन्त्रालयको दक्षिण पूर्वी एशिया हेर्ने महाशाखाका अधिकारीहरुको संयुक्त टोली कार्ययाेजना निर्माण र अावश्यक वातावरण बनाउनमा जुटेकाे छ ।

केही समयअघि जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरेकाे थियाे । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको बताइन्छ । सरकारले नै जापानमा कामदार पठाउन संयन्त्र निर्माण गर्ने योजना अघि सारेकाे छ । हाल सरकारले दक्षिण कोरियामा मात्र इपिएसमार्फत नेपाली कामदार पठाउने कार्य व्यवस्थापन गर्दै आएको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add