यो मन त मेरो नेपाली हो


चलचित्र ‘साली कस्को भेनाको’ रोमान्टिक गीतमा मरिष्का र देब सागरको रोमान्स (भिडियो)

भाद्र २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साली कस्को भेनाको’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया तिमीलाई’बोलको रोमान्टिक सार्वजनिक गीतमा मरिष्का पोख्रेल र नव नायक देब सागर बि.सीको रोमान्स देख्न सकिन्छ ।

सुरज शाही ठकुरीको शब्द तथा संगीत रहेको यस गीतमा सुरज सगै आकंश्य बश्यालको स्वर रहेको छ।चितवनको नारायणी नदि आसपासमा छायांकन गरेको यस गीतलाई गम्भिर विष्ट निकै उत्कृस्ट तरिकाले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add