यो मन त मेरो नेपाली हो


‘बाँध मायाले’को टिजर सार्वजनिक (भिडियो )

असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको लभ स्टोरी चलचित्र ‘बाँध मायाले’को टिजर रिलिज गरिएको छ ।आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘बाँध मायाले’को टिजरमा यी दुई बिचको प्रेम र द्धन्द्धलाई प्रस्तुत गरिएको छ ।

सबिर श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा आर्यन र सृष्टि सगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । ‘बाँध मायाले’ बाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।



काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने यस चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add