यो मन त मेरो नेपाली हो


विश्वकप २०१८ : फ्रान्स बन्यो विश्व विजेता

विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो। फ्रान्सले क्रोएसियालई फाइनलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो। फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल गरेका थिए।
एक गोल फ्रान्सले क्रोएसियाका मारियो मान्डुकिचको आत्मघातीबाट पाएको थियो। मारियोले १८औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए। क्रोएसियाका लागि भने इभान पेरिसिकले २८औँ र मारियो मान्डुकिचले ६९ औँ मिनेटमा गोल गरेका थिए। खेलको अधिकांश समय क्रोएसियाको दबदबा रहेपनि गोल गर्नमा भने क्रोएसिया चुक्यो र उपविजेतामा सीमित भयो।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add