यो मन त मेरो नेपाली हो


चलचित्र ‘मेरी मामु’ को मार्मिक गीत सार्वजनिक (भिडियो)

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माता सन्तोष सेनको निर्माण रहेको नया चलचित्र ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ बोलको गीतमा निर्माता सेनका ६ वर्षिय छोरा आयुव सेनलाई फिचरिंग गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा रोहित जोन क्षेत्रीको आवाज छ भने कल्याण सिंहको संगीत तथा रवि मल्लले शब्द लेखेका छन् । गीतमा आयुवको आमाप्रेम पोखिएको छ । एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ ।
प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुती ‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।

चलचित्रमा आयुव सेन सगै प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहने छ । बनिश शह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्र ‘मेरी मामु’ यहि भाद्र १५ गते प्रदर्शन हुदैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add