यो मन त मेरो नेपाली हो


सिधाकुराको नक्कली प्रेस कार्ड बनाएर ठग्ने हाँस्य कलाकार ! (भिडियोसहित)

मुलुकका विद्यालय तगडा नभैकन मुलुक तगडा हुँदैन । त्यसैले देश बदल्ने हो भने स्कुलहरु बदलौँ, शिक्षकहरु बदलौँ, पाठ्यक्रम बदलौँ, पढ्ने पढाउने तरीका बदलौँ ।
देशका कुनै पनि बालबालिकाले स्कुल जान बाट बञ्चीत हुनु नपरोस् भनेर देशका प्रधानमन्त्री देखि मन्त्रीहरुले समेत अभियान नै चलाएर पढ्ने क्षमता नभएका बालबालिकहरुलाई टिपेर विद्यालयमा भर्ना समेत गराए तर त्यसरी भर्ना गरिएका मध्ये कयौ बालबालिकाहरु स्कुल जानै छाडी सके ।
एउटा सशक्त बिषय जब हल्का र कसै कसैका लागि केवल प्रचार गर्ने बिषय बन्छ, त्यसपछि यसले दिने परिणाम यस्तै हो । दोस्रो विश्वयुद्धसम्म नेपाल र जापान विकास र गरीबिका हिसाबले उही ड्याङका मुला थिए ।

आज जापन र नेपालको विकासको तुलना गर्ने हिम्मत हैसियत कसैको छ ? छैन । जापान विकासको चरम चुलीमा पुग्नु र नेपाल भ्रष्टाचार र वेथितीको चरम चुलीमा पुग्नुमा जनताको हात वा दोष छ ? गरिब नेपाली जनताले नेपालको हालत यस्तो बनाइदिएका हुन ? होइनन् ?

कसले ग¥यो त यो सब ? जापान त्यस्तो र नेपाल यस्तो कसले बनायो ? नेताले, लिडरले राजनीतिज्ञले नीति निर्माताले । दोस्रो विश्व युद्धपछि सर्वस्व सकिएको जापानका नेताले, नीति निर्माताले पहिलो प्र्राथमिकता शिक्षालाई दिए । देशमा सबैभन्दा राम्रो सुविधा सम्पन्न कुनै भवन देखिन्थ्यो भने त्यो स्कुल नै हुन्थ्यो ।
मिठो खान र राम्रो लाउन पाउने ठाँउ स्कुल नै हुन्थ्यो । जापानका हरेक बच्चाहर घरमा भन्दा स्कुलमा रमाउन थाले । सबका सब स्कुल आउने भएपछि नीति निर्माताहरुले पाठ्यक्रमको तरिका, शिक्षकको योेग्यता को गज्जबको मापदण्ड तयार पारे ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add