दमक। रातारात युटुबमा गीत गायर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले कसले राख्ने भन्ने विवदा टुंगिएको हो ।
केही दिनयता दर्जीको विषयमा अशोकलाई कसले राख्ने भनेर विवाद उत्पन्न भएको थियो । अब त्यो विवाद सकिएको छ । बुधबार भएको छलफमा तीन बुदे सहमती गरि अशोकलाई उनका बुुबा पूर्ण दर्जीले नै भएका छन् ।
संगीतकार टंक बुढाथोकी र बेथल स्कुलका प्रिन्सिपल दीपक न्यौपानेबीच अशोकलाई कसले राख्ने भने विवाद चलेको थियो । यसअघि मंगलबार प्रिन्सिपल न्यौपानेले दमक-२ को वडा कार्यालयमा बुढाथोकीले अशोकलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएको थियो ।
प्रिन्सिपल दीपक न्यौपाने अशोकसँगै उनका दिदीबहिनीहरु सीता र मुस्कान दर्जीलाई पनि निस्शूल्क पढाउँदै आएका थिए । तर बुधबारको सहमति अनुसार अब तीनै जना बालबालिकाको पढाईलगायत व्यवस्थापन उनीहरुका बुबा पूर्ण दर्जीले नै गर्ने भएको छ । अशोक र उनका दिदीबहिनीहरु सीता र मुस्कान मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययनरत तथा उक्त स्कुलकै होस्टेलमा बस्दै आएका थिए ।
अशोक पढ्ने स्कुलले शोकलाई शिक्षाबाट बन्चित नहोस भनेर ग्राजुएसनसम्म नि शुल्क पढाउने प्रतिबद्धता जनाएको थियो । तर टंक बुढाथोकीसँग विवाद परेपछि अशोकलाई होस्टलबाटै नै निकालिने भएको छ । आफुले राख्न नपाएपछि प्रिन्सिपल आफ्नो प्रतिबन्द्धताबाट पछि हटेका हुन् ।
अशोकको घर निर्माण आर्थिक समितिमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मनोनयन गर्ने सहमति भएको छ । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ । करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको घर निर्माण समितीले बताएका थिए ।
Sorc: news24
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment