यो मन त मेरो नेपाली हो


समुन्द्री किनारमा ‘ आर्यन र साम्राज्ञी' /यस्तो बन्यो कायरा’को रोमान्टिक गीतमा

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको प्रतिक्षीत चलचित्र ‘कायरा’को गीत रिलिज गरिएको छ । ‘सुखमा…’ बोलको रोमान्टिक सार्वजनिक गीतमा फिलिपिन्सको समुन्द्री किनारको सुन्दर लोकेशनमा आर्यन र साम्राज्ञीलाई आकर्षक तवरले खिचिएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर तथा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । युटुबमा दुई हप्ता अगाडी आएको ट्रेलर हेर्न अधिकांश दर्शकले आर्यन र साम्राज्ञीलाई उत्कृष्ट जोडी भन्दै यि दुईको केमेस्ट्रीको खुलेर चर्चा गरेका छन् ।

चलचित्रमा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लोलगायतका कलाकारहरु पनि अभिनय छ । श्रावण १८ गते रिलिज हुने चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add