यो मन त मेरो नेपाली हो


यस्तो बनेर आयो अक्षयको ‘गोल्ड’को ‘चढ् गई है’ –भिडियो

एजेन्सी । अक्षय कुमार र मौनी रायको फिल्म ‘गोल्ड’को नयाँ गीत ‘चढ् गई है’ रिलिज भएको छ । फिल्मको सार्वजनिक गीतमा अभिनेता अक्षय कुमार एक पार्टीमा पिएर मस्त मुडमा देखिएका छन् ।

अभिनेता अक्षयले यो गीतको भिडियोलाई आफ्नो भेरिफाइड ट्वीटर आकाउन्टमा सेयर गरेका छन्, भने जी म्युजिकको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको छ । यो गीतको भिडियोलाई केही घण्टामै एक लाख भन्दा बढीले हेरिसेकका छन् ।

यो भन्दा पहिले फिल्मको रिलिज्ड गीत ‘नैनो ने बाँधी’मा अक्षय काफी रोमान्टिक मुडमा देखिएका थिए, भने भर्खरै रिलिज गरिएको भिडियोमा उनले निकै मज्जा लिइरहेका दृश्यलाई प्रस्तुत गरिएको छ ।

यो गीतलाई वायुले लेखेका हुन्, भने विशाल ददलानी र सचिन जिगरेले स्वरबद्ध गरेका छन् । वास्तविक घटनामा आधारित अक्षय कुमारको यो ‘गोल्ड’ फिल्म १९४८ को कहानीमा बनाइएको हो ।

फिल्मलाई रीमा कागतीले गरेका हुन् । यो फिल्म जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ सँग १५ अगष्टबाट दर्शकमाझ हलमा लाग्दैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add