यो मन त मेरो नेपाली हो


’सुश्री सम्पति’को ‘हुकुम बक्सियोस्…’ गीत सार्वजनिक(भिडियो)

चलचित्र ’सुश्री सम्पति’ को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा सामबेश ‘हुकुम बक्सियोस्…’  बोलको गीत सार्वजनिक गरिएको हो ।

फिल्मका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफुलाई राजा मान्ने क्यारेक्टरको भावनालाई गीतमा समेटिएको छ । झन्डै ८० भन्दा बढी कोरस रहेको गीतलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरेका हुन् ।

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूले तयार गरेका हुन् । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add