यो मन त मेरो नेपाली हो


चलचित्र ‘यो माया कस्तो माया’को गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘यो माया कस्तो माया’को पहिलो गीत सार्वजनिक गरिएको छ ।’ती ओठहरुमा’ बोलको सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । अन्जु पन्त र फिरोज बस्नेत स्वर रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्रका मुख्य कलाकार दीवस धिताल र सभ्याता गिरीलाई फिचरिंग गरेको यस गीतलाई दिब्य सुबेदी खिचेका हुन् ।गीतमा पुर्बी नेपाल र दार्जिलिङ्गका सुन्दर दृश्यहरु देखन सकिन्छ । चलचित्र ‘यो माया कस्तो माया’लाई भूषण आनन्द ठकुरीले निर्देशन गरेका हुन् ।

चलचित्रमा दीवस धिताल, सभ्याता गिरी, रितु पौडेल, नितु कोइराला, रविन्द्र खड्का, सुन्दर श्रेष्ठ, अनिता तामाङ, सुमित्रा राजवंशी, महेश दाहाल, चेतबहादुर राजा लगायतको अभिनय रहेको छ ।चलचित्र काठमाण्डौ ,दार्जिलिङ्ग, सिक्किम लगायत सुन्दर स्थलहरुमा छायांकन गरिएको हो ।

किसान पोखरेल प्रस्तुतकर्ता रहेको ‘यो माया कस्तो माया’मा इन्द्र रजक र समृद्धि श्रेष्ठ निर्माता हुन् । कर्ण थापा र बाबु गौतम कार्यकारी निर्माता रहेको यस चलचित्रमा बिशाल गुरुङ र कमल चन्द्र पोखरेल सह-निर्माताको रुपमा रहेका छन् ।

जनक गुरुङको द्वन्द्व निर्देशक, अर्जुन पोखरेलको संगीत, दिव्य सुवेदीको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको यस चलचित्रमा एन्जिला क्षत्रीको पटकथा तथा संवाद रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add