नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा "मालिका" को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । बिहिबार बाँकेको कोहलपुरको भित्रि गाउँ दाउनमा नायिका रेखा थापा लाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आशापसका ७ गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए । नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६ जना प्रहरी नै परिचालन गर्नु परेको थियो ।
नायिका रेखा थापा लाई भेट्न के बालक के बृध्दा सबैको उपस्थिति रहेको थियो । त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरु संग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिका मा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवोड़ा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ । सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी ,रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता नर कार्की रहेका छन ।
Home
news
रेखा थापा लाई भेट्न ७ गाउँ नै ओर्लियो / स्थिति सामान्य गर्न प्रहरी नै खटाईयो (भिडियो सहित)
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment