यो मन त मेरो नेपाली हो


रारा ताल र थाइल्याण्डको उत्कृष्ट दृश्यहरु कैद भएको ‘ड्रिम गल’को गीत सार्वजनिक

असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम गल’को गीत रिलिज गरिएको छ ।राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र गीत सार्वजनिक गरिएको हो ।

‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ ।गीतमा अम्बिका शर्माको शब्द रहेको छ भने गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।चलचित्रको गीतमा मुख्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीलाई देखाइएको छ ।भिडियोलाई रारा ताल र थाइल्याण्डमा खिचिएको छ ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको ‘ड्रिम गल’मा आकाश श्रेष्ठ र आश्मा सगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ ।

आर.बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘ड्रिम गल’राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ । चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी रहेको छ । फिल्मको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add