यो मन त मेरो नेपाली हो


‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । बिहिबार गीतसँगै चलचित्रको पोस्टर पनि रिलिज गरिएको छ । कोशिस क्षेत्रीको संगीत रहेका ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । 
शब्दरचना दिनेश राउतको रहेको गीतमा विनय र मिना निरौलाले स्वर दिएका छन्। चलचित्र नरेश कुमार केसीको निर्देशनमा रहेको छ । चलचित्रलाई भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् । विनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यले संयुक्त लगानी गरेका हुन् । विनय श्रेष्ठ र सृष्ट्रि श्रेष्ठको अलावा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तले अभिनय रहेको चलचित्रलाई साउन ११ गते प्रदर्शनको मिति तोकिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add