यो मन त मेरो नेपाली हो


बोर्ड अध्यक्ष दिदीले आफ्नै भाईको फिल्म रोकिन्, यस्तो छ कारण !

काठमाडौं । फिल्म ‘रोजी’को छायाङ्कन रोकिएको छ । अभिनेता प्रदीप खड्का र मिरुना मगर अभिनित यो फिल्मको छायाङ्कनको क्रममा विवाद उत्पन्न भएपछि छायाङ्कन रोकिएको हो । छायाङ्कनरत ‘रोजी’ फिल्म रोजी महर्जनको हत्याकाण्ड माथि आधारीत भएको भन्दै विभिन्न मिडियाहरुमा समाचार आएपछि विवादमा आएको हो ।

रोजीको परिवारले यो फिल्म आफ्नै छोरीको कथामा आधारीत भएको भन्दै विरोधसमेत गरेका थिए । रोजीकी परिवारका अनुसार यस ‘रोजी’ फिल्ममा अभिनेता प्रदीप खड्काले आफ्नो प्रेमिका मारेको आरोपमा अदालतमा उभ्याइएको दृश्य खिचिएको थियो, सोे दृश्य रोजी हत्याकाण्डसँग मिल्न गएको छ ।
त्यसै कारण रोजीकी परिवारले यो फिल्म निर्माण नगर्न आग्रह पनि गरेका छन् । यसै विषयमा चलचित्र विकास बोर्डमा चलचित्र निर्माता पक्ष र रोजीका परिवार बिहिवार छलफल पनि गरेका छन् । यो फिल्मको कथा निर्देशक तथा लेखक शिवम् अधिकारीले लेखेका हुन् । फिल्मलाई निरक पौडेलले निर्देशन गरिरहेका छन् ।

चलचित्र बिकास बोर्डमा भएको बिहीबारको छलफलमा आगामी बुधबारसम्ममा दुवै पक्षले फिल्मकोे स्क्रिप्ट अध्ययन गर्नेछन् । रोजी हत्याकाण्डमा स्क्रिप्ट नमिलेमा मात्र फिल्मको छायाङ्कनलाई निरन्तरता दिईने सहमति भएको छ । यो फिल्मका निर्देशक निरक पौडेल चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलकी आफ्नै भाई हुन् ।
थप भिडियोमा 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add