यो मन त मेरो नेपाली हो


बाबालाई चक्लेट ल्याइदिने भन्दै बाल गायक अशोक दर्जी मलेशिया प्रस्थान

काठमाडौँ । बाल गायक अशोक दर्जी पहिलो पटक नेपाल बाहिरा प्रस्थान भएका छन् । दर्जी मलेशियामा आयोजना हुन लागेको स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै प्रस्थान भएका हुन्।

अशोकको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ हो । गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको थियो । टङ्क बुढाथोकीले मलेशिया प्रस्थान गर्नु अघि आफ्नो फेसबुक मार्फत माया र सहयोगको लागि सबैलाई धन्यवाद दिदै भने, “सबैमा नमस्कार । हजुरहरुको माया साथले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौ । हाम्रो पहिलो देश बाहिरको कार्यक्रम मलेसियामा रहेको जानकारी दिन चाहन्छु । यो माया र सहयोगको लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु ।”

अशोकले मलेशियाबाट उनको बाबालाई चक्लेट ल्याइदिने बताए । अशोक दर्जी र टङ्क बुढाथोकीको साथै गायक प्रकाश सपुत अशोकको घर निर्माण सहयोगार्थ कार्यक्रम लिएर मेलेशिया प्रस्थान भएको बताइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add