यो मन त मेरो नेपाली हो


‘चिमुसीची’को शिर्ष गीतमा नम्रताको ठुम्का (भिडियोसहित)

काठमाडौं । दिनेश श्रेष्ठको फिल्म ‘चिमुसीची’को शिर्ष गीत रिलिज भएको छ । फिल्मको यस शिर्ष गीतमा अभिनेत्री नम्रता सापकोटाले फिचरिङ गरेकी छन् । करणराज खत्रीको संगीत रहेको यो गीतलाई सुजता पाण्डेले स्वबद्ध गरेकी छन्, भने शब्द सन्तोष पोखरेलको रहेको छ ।
गीतको भिडियोमा फिल्ममा मुख्य कलाकार सुनिल क्षेत्री र एलिसा शर्माको भेटघाटको समयको दृश्यलाई पर्दामा देखाईएको छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् ।
फिल्ममा सुनिल र एलिासको अलवा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी, शिवराज खत्री लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्मलाई अरुण गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल र डबबहादुर गुरुङले निर्माण गरेका हुन् ।
यो फिल्म आगामी साउन ११ गतेबाट सम्पूर्ण दर्शेकमाझ रिलिजमा आउँदैछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add