यो मन त मेरो नेपाली हो


आजको राशिफल : जेठ ३१ गते, बिहीबार

वि.सं. २०७५ साल जेठ ३१ गते। बिहीबार। इश्वी सन् २०१८ जुन १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ शुक्लपक्ष। तिथि– प्रतिपदा, २३:४५ बजेउप्रान्त द्वितीय। नक्षत्र– मृगशिरा, १६:०२ बजेउप्रान्त आर्द्रा। योग– शील, ७:०९ बजेदेखि गण्ड, २८:१४ बजेउप्रान्त वृद्धि। करण– किंस्तुघ्न, १२:५४ बजेदेखि वव, २३:४५ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३३ पला। ज्येष्ठमासान्त।
मेष (चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साध दिँदा कामहरू समयमानै सम्पन्न हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।
मैथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयमा सही सदुपयोग गरी रचानात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्री तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खेरि राख्न सक्नेछन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथी सँग मनमुटाव बढ्नेछ । पढाई लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दी आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाइकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानी बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरीमा पदोन्नति हुँनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरिपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकार काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । मध्यान्हबाट कामहरू समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेको छ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुँनेछ । बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट भने थोरै भए पनि आम्दानी हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुँनसक्छ ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउँने हुँनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुटिकरा पाइने हुँनाले मन प्रसन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुँनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) : सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाव बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :आमा वा आमा सँग मनमुटाव बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिनेछैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् । 
ज्योतिषी गणेश काफ्ले ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add