काठमाडाैँ। निर्माता सन्तोष सेनले निर्माण गर्न लागेकाे नयाँ चलचित्र ‘मेरी मामु’ मा प्रेमगीत २ की नायिका अश्लेशा ठकुरी र चलचित्र रानीका डेव्यु नायक शारुक ताम्राकारको मुख्य भूमिका रहने भएकाे छ ।
चौथो प्रस्तुतिको रूपमा निर्माण गर्न लागेको मेरी मामुमा सन्तोषका छोरा आयुव सेन मुख्य भूमिकामा देखिदैँछन् । चलचित्रमा आयुवको आमाको भूमिकामा कुसुम गुरुङ्ग अनुबन्धित भएकी छिन् ।
चलचित्रमा आयुव, कुसुम, शारुक र अश्लेशाको साथमा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी, बालकलाकार कृजन गौतम र शुभम विष्ट मुख्य भूमिकामा रहनेछन् । चलचित्र आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएकाे छ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment