यो मन त मेरो नेपाली हो


बुटवल निवासी १५ वर्षीय दुई बालकद्वारा मानव यन्त्र निर्माण

रुपन्देही । विद्यालय पढ्ने बालबालिकालाई चलचित्र हेर्नु हुँदैन, मोबाइलमा नेट चलाउनु हुँदैन भन्ने अभिभावक र शिक्षकहरुका लागि कक्षा दशमा अध्ययनरत दुई विद्यार्थीले राम्रो जवाफ दिएका छन् । उनीहरुले चलचित्र र इन्टरनेटको माध्यमबाट ‘रोबोट’ अर्थात् मानव यन्त्र निर्माण गरेका छन् ।
बुटवल–१० योगीकुटी निवासी १५ वर्षीय दुई बालकहरुले हालै मानव यन्त्र निर्माण गरेका हुन् । बुटवल–११ स्थित नबिन औधोगिक कदरबहादुर रिता मा.बि.मा अध्ययनरत विद्यार्थीद्वय लव पन्थी र कुश पन्थीले निर्माण गरेको रोबोटको चर्चा सुरु भएको छ । सानैदेखि आविष्कारमा रुची रहने जुम्ल्याहा दाजुभाईले केही वर्षअघि बलिउड चलचित्र ‘रोबोट’ हेरेपछि उनीहरुलाई पनि रोबोट बनाउन मन लागेको उनीहरुले भनाई छ । इन्टरनेटको माध्यमबाट एप्स, सफ्टवेर निर्माण गर्नुका साथै अनलाइनबाट सामग्री माग गरेर रोबट बनाएको उनीहरुको भनाई छ ।
उनीहरुले निर्माण गरेको रोबोटको नाम गो–गो ‘ न्इ–न्इ’ राखेका छन् । प्रोग्रामिङ कोड, एप्स, क्यामरा, रेस्ब्रीपाई क्यामरा, मोटरहरु, अल्ट्रासोनिक सेन्सर, लाइटहरु, सिपियू लगाएतका सामग्रीहरु प्रयोग गरेर रोबोट निर्माण गरेको लब पन्थीले बताउनुभयो । रोबोटमा विधुतीय उपकरणलाई सञ्चालन गर्ने, हराएको मोबाइल खोज्ने, करिब ८० भाषालाई ट्रान्सलेट गर्ने, सोधिएका हरेक प्रश्नको उत्तर दिनसक्ने लगायतका विशेषताहरु रहेको अर्का निर्माता कुश पन्थीले बताउनुभयो।

विद्युत शक्तिबाट सञ्चालित रोबोटमा उनीहरु स्वयम्ले निर्माण गरेको लुुकु (लबकुशको नामबाट) सफ्टवेयरलाई मुख्य सफ्टवेयरको रुपमा प्रयोग गरिएको छ । आविष्कार र प्रविधिमा रुची रहेका दुई विद्यार्थीले हाल सिभिल इििन्जनियरिङ अध्ययन गरिरहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add