यो मन त मेरो नेपाली हो


बिर बिश्वासको "आकासैमा तिन तारा सार्वजनिक / भिडियोमा पहिलो पटक बिर

नेपाली संगीतको आकाशमा बिर विश्वासको आफ्नै शब्द संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक  भएको छ  ।   हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक बिर बिश्वासको  स्वरमा रहेको "आकासैमा तिन तारा , सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ । 
ओम सुनारको एरेन्ज रहेको गीत "आकासैमा तिन तारा , लाई  नयाँ तरिकाले प्रेजेन्टेसन दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिक ले सम्पादन गरेका छन । 
नेपाली संगितमा बिगत ५ बर्ष देखि संगीतक्रममा लाग्दै आएका बिरले यस पछी आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा "जलाएर गयोउ मुटु लाई ....."बोलको गीत  र  गीतको भिडियो सार्वजनिक गर्ने बताए ।  भारतको गुजरातमा बस्दै आएका बिर  संगीतका बिद्यार्थी पनि हुन् । उनले आफ्नो कर्म संगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् ।  उनले भारतका बिभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add