यो मन त मेरो नेपाली हो


सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी, हैदरावाद शीर्ष स्थानमा

काठमाडौं, बैशाख २३ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

काठमाडौं, बैशाख २३ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि दोस्रो खेलमा हैदरावाद विजयी भएपछि चेन्नाई फेरि दोस्रो स्थानमा झरेको छ ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

दिल्लीका लागि पृथ्वी शाहले ६५ रन जोड्दा श्रेयर ऐयरले ४४ रनको योगदान गरे । जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले खेलमा १ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो ।

हैदरावादको जितमा अलेक्स हेल्सको ४५ रन, शिखर धवनको ३३ रन, केन विलियाम्सनको अविजित ३२ रन तथा युसुफ पठानको अविजित २७ रन महत्वपूर्ण रह्यो ।

आइपिएल अन्तर्गतको अर्को खेलमा चेन्नाई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्रै जोड्यो ।

उसका लागि पृथ्वी पटेलले ५३ रन जोडे । जवाफमा १ सय २८ रनको झिनो चुनौती चेन्नाईले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नाईको जितमा अम्बाती रायुडुको ३२ रन तथा महेन्द्र सिंह धोनीको अविजित ३१ रन महत्वपूर्ण रह्यो ।

गएरातिका खेलपछि आइपीएल अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको सनराईजर्स हैदरावाद शीर्ष स्थानमा रहेको छ ।

एक खेल बढी खेलेको चेन्नाई समान १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो र चौथो स्थानका कोलकाता र पञ्जावको समान १०/१० अंक रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add