यो मन त मेरो नेपाली हो


सुरु भयो चलचित्र ‘छक्का पन्जा ३’को छायाँकन / सुर्यविनायक मन्दिरमा गरियो पुजा

नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’को छायाँकन सुरु भएको छ ।शुक्रबार बिहान भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।

दीपाश्री निरौलाको निर्देशन रहने चलचित्र ‘छक्का पन्जा ३’को मुहर्तमा बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य, चलचित्रका युनिट तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा कलाकार आचार्यले चलचित्रको सफलताका लागि शुभकामना दिए ।

‘छक्का पञ्जा ३’ दीपकराज गिरी लेखन र दीपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको पटकथा सम्बादमा निर्माण हुन लागेको हो । काठमाडौ आसपास सहित चित्लाङ, दमैली र बाग्लुङ लगायतका स्थानमा छायाँकन गरिने चलचित्रको सुटिङ गरिने यस चलचित्रमा दीपकराज गिरी लेखन र दीपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको पटकथा सम्बाद रहेको छ ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा दीपकराज, दीपिकासँगै, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का, दीपिका प्रसाई र प्रियंका कार्कीको समेत अभिनय रहनेछ । चलचित्रमा नायिकामा दीपिका प्रसाइँले इन्ट्री मार्दा नायकमा पुष्प खड्काले प्रवेश गरेका हुन् ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रको सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने चलचित्रको छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।दसैंको फुलपातीको दिन चलचित्र रिलिज हुनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add