यो मन त मेरो नेपाली हो


माेदीकाे तीन धाम तीर्थयात्रा : जनकपुरदेखि मुक्तिनाथ हुँदै पशुपतिसम्म (हेर्नुहाेस् तस्वीरमा)

काठमाडाैं । नेपालको दुर्इदिने धार्मिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरकाे जानकी मन्दिरमा षाेडषाेपचार विधिद्वारा विशेष पूजा गरे । शनिबार बिहानै मुस्ताङकाे मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरे भने शनिबारै दिउँसाे काठमाडाैंस्थित पशुपतिनाथमा पूजा गरे ।

मोदीले धार्मिक परम्पराअनुसार पहिले पशुपतिस्थित वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् । यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् । मुस्ताङमा भने मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट षाेडषाेपचार विधिद्वारा पूजा गराएका थिए ।

दुर्इ दिनसम्म नेपालमा रहँदा उनकाे भ्रमण राजनीतिक भन्दा धार्मिक (धार्मिक पर्यटकीय) देखियाे ।

हेर्नुहाेस्, माेदीकाे जानकी मन्दिरदेखि पशुपतिनाथसम्मका तस्वीरहरू –
१) जानकी मन्दिरमा 







२) मुक्तिनाथमा








३) पशुपतिनाथमा
तस्वीर ः न्युज २४ र रासस
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add