यो मन त मेरो नेपाली हो


संचारकर्मि सुबेदीको सोलो संगीत रहने एल्बम "कोशिस" को पहिलो गीत रेकर्ड सम्पन्न / गीतको भिडियो भारतमा छायांकन गरिने

लामो समयदेखिको संचारकर्मा आफुलाई क्रियाशील र सफल संचारकर्मिको रुपमा ख्याती कमाएका र चलचित्र तथा म्युजिक भिडियो निर्देशन समेत गरिसकेका संचारकर्मी प्रणब सुबेदीले पुन आफुलाई हरेक विधामा पारंगित बनाएका छन् । उनले मंगलबार गीत संगीतको क्षेत्रमा आफुलाई स्थापित बनाउन एक दशक लामो संचारकर्म पछी संगीत निर्देशनमा पनि हात हालेका छन् ।   
 मंगलबार राजधानीको मंजुश्री स्टुडियोमा पहिलो पटक गीतमा  संगीत भरेका छन् ।  गीतकार भरत घिमिरे (निर्दोष ) को शब्दमा आफ्नो संगीतको जादु छरेका छन् । गीतलाई अहिलेका चर्चित तथा सफल गायक ओम सुनारको आवाज रहेको छ । सेन्टिमेन्ट गीतमा स्लो र हाई स्केल रहेकोले ओम जीको आवाज पर्फेक्ट रहको उनले बताए । 
संचारकर्मी सुबेदीको पहिलो एकल सोलो संगीत रहने एल्बम "कोशिस" को पहिलो गीत 'सजाएको थिए तिमीलाई । । ।" रहने उनले बताए दोश्रो गीत उनको आफनै शब्द " लाज लाग्छ । ।" फिमेल भोकल रहने र तेश्रो गीत पनि उनकै शब्द संगीत रहने राष्ट्र भावनाले भरिएको गीत रहने उनले बताए ।

"पहिला म यो गीतको भिडियो निर्माण गर्छु अनि बल्ल अन्य दुई गीतको काममा लाग्नेछु "उनले भने । यस गीत सजाएको थिए तिमीलाई .... को भिडियो भारतको मुम्बैमा गर्ने उनको सोच रहेको छ यस अघि पनि उनले २ गीतको भिडियो आफ्नै निर्देशनमा भारतमा नै  खिचेका थिए । यस गीतको लागी पनि भारत नै जाने उनको सोच रहेको छ ।
बिगत १० वर्ष देखको रेडियो प्रस्तोताको रुपमा रहेका सुबेदीले सोहि १० बर्ष देखिको मेहेनत यी ३ गीतहरुमा उतार्ने बताएका छन् । गीत लाई तुलासा नारायण क्रिएटिभ मिडियाले बजार ब्यबस्थापन गर्नेछ ।
 थप भिडियोमा 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add