यो मन त मेरो नेपाली हो


‘एउटा यस्तो प्रेम कहानी’ बाट करिश्मा पुत्री कविताले डेब्यु गर्ने

काठमान्डौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरले नायक शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत सिने नगरीमा डेब्यु गर्ने भएकी छन् । निर्देशक दीपेश सापकोटाका अनुसार चलचित्रमा कबिता नायिकाको रुपमा पक्का भएकी हुन् । उता यही चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गर्देछन् सम्भवत शक्ति र कबिताले यस चलचित्रमा स्क्रिन सेयर गर्नेछन् ।

आफ्नी छोरीलाई नायिकाको रुपमा हेर्न चाहेका करिश्मा र बिनोदले छोरीको डेब्यु आफनै होम प्रोडक्सनमार्फत गराउन चाहेतापनि तालमेल मिलिरहेको थिएन तर शिब श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कबिताको सिनेक्षेत्रमा प्रबेश पक्का भएको छ ।

शिब श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मल्टिस्टारर हुने भएको छ । यही चलचित्रका लागि यसअघि नै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला फाईनल भईसकेका छन् भने चलचित्रमा शिब श्रेष्ठको पनि अभिनय रहनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add