यो मन त मेरो नेपाली हो


हिरासतमै गोरेले मागे सुरक्षा, थप बयान आज लिइने

विराटनगर । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती  गोरेको बयान मोरङ जिल्ला अदालतले लिईहरेको छ । जिल्ला अदालत मोरङमा बुधबारबाट सुरु भएको बयान आज बिहीबार पनि गोरेको बयान हुने भएको छ ।

बुधवार पाँच घण्टा जिल्ला अदालतले मोरङले गोरेको बयान लिएको थियो । बुधवार बयान बयानमा गोरेलाई १५३ पृष्ठको अभियोगपत्र सुनाइएको र अभियोगपत्रमा उल्लेख गरिएका ६३ जना व्यक्तिसँगको सम्बन्ध र चिने नचिनेको विषयमा सोधिएको बताइएको छ।

बयानका क्रममा कम जवाफ फर्काएका गोरेसँग घटनाबारे सिन्धुलीसम्मको कुरा भएको बताइएको छ। अदालत स्रोतका अनुसार बयानका क्रममा गोरेले सुन तस्करीको विषयमा थप केही रहस्यका विषय खोलेका छन्। बिहीबारसम्ममा उनको बयान सकिने अनुमान गरिएको छ। गोरेको बयान सकिएपछि थुनछेक बहस आज नै सुरु हुनेछ।

यसैबिच आफूलाई सुरक्षा चुनौती रहेको कारण देखाउँदै मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा रहन पाऊँ भन्दै गोरेले दिएको निवेदनमा अदालतले सुरक्षा व्यवस्था मिलाउन आदेश दिएको छ। वकिल मार्फत उनले अदालतमा निवेदन दिएका थिए।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add