यो मन त मेरो नेपाली हो


‘यस्तो साथी तिम्रो बन्छु म’ – भिडियो रिलिज फिल्म "अनुराग"को

एरिका फिल्म्स् द्वारा निर्मित र निर्देशक सत्यराज चौलागाई द्वारा निर्देशित चलचित्र ‘अनुराग’को दोश्रो गीत सार्वजनिक भएको छ। चलचित्रको पहिलो गीत ‘कान्छा दाई गाना बजाई देउन’ सर्वाधिक हिट भैसकेपछि चलचित्रको दोश्रो गीत ‘यस्तो साथी तिम्रो बन्छु म’ सार्वजनिक भएको हो।

गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको आवाजमा रहेको उक्त गीतमा सत्यराज यस आर सीको शब्द,सरोज पोख्रेलको संगीत छ। राम कुमार के.सी.को छायांकन, किरण दाहालको कथा तथा पटकथा/सम्बाद सत्यराज चौलागाईं र आगत के.सीको रहेको छ। ऋषि राज धमला प्रस्तुत्कर्ता रहेको यस चलचित्रमा भरत गौतम र गीता भेटवाल निर्माताका रुपमा रहेका छन्।

आगामी श्रावण २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा एलिजा गौतम , समुन्द्र पण्डित , ठिलेंन लामा , सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहोन निरौला बिस्व बस्नेत, कमल कान्त मैनाली, बिद्या भट्टराई , दावा लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add