यो मन त मेरो नेपाली हो


नेपाल आईडल-२ को अडिसन सुरु, कहाँ-कहाँ र कहिले हुदैछ ?

काठमाडौं । अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ ।

केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । देशका कुना कुनामा बसेर आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ ।


पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् ।

आउँदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ । नेपाल आईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ ।

पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाईएको छैन । नेपाल आईडलको पहिलो सिजनले सुरुवातको समय बाटनै आलेचित बनेको थियो भने समापन पनि आलोचनासहित भएको थियो ।

अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add