एजेन्सी । फिल्म ‘२.०’को चर्चा अहिले सबैतिर उत्तिकै छ । यो भारतको अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म हो । केहि बर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘रोबर्ट’को सिक्वेल रहेकै कारण यो फिल्म निर्माण समयदेखि नै चर्चामा छ भने अर्को कुरा यसको स्टारकास्ट पनि हो ।
फिल्म ‘२.०’मा बलिउडका चर्चित नायक अक्षयक कुमारको साथमा साउथ इंडियन फिल्मका भिष्मपितामह रजनीकान्तको पनि अभिनय छ । यसैले गर्दा यो फिल्म प्रतिक्षित बनिरहेको छ । फिल्मको रिलिज गएको वर्ष सन् २०१७ मै हुने चर्चा थियो तर प्राविधिक कारण देखाउदै निर्माण कम्पनि लाइका प्रोडक्सनले तय गरिएको दोस्रो डेट सार्वजनिक गर्यो र यतिबेला प्राविधिक कारणले अब नयाँ डेट केहि दिनमै तोक्ने बताएको छ । तर फिल्मको लागि तयार पारिएको टिजर लिक भएको खबर बजारमा ब्यापक भईरहेको छ ।
फिल्मको टिजर भारतबाट नभई विदेशबाट लिक भएको भारतीय मिडियामा उल्लेख छ । शंकरले निर्देशन गरेको चलचित्रको टीजर आधिकारिक रुपमा कहिले सार्वजनिक हुन्छ भन्नेबारे निर्माण कम्पनिले अझै आधिकारिक रुपमा बोलिसकेको छैन ।







0 comments:
Post a Comment