यो मन त मेरो नेपाली हो


कलाकारहरुले समेत विभिन्न कार्यक्रम गरी काठमाडौमा होली पर्व मनाए

रंङ्गैरङ्गको पर्व होली आजदेखि शुरु भएको छ । कलाकारहरुले समेत विभिन्न कार्यक्रम गरी आज राजधानी काठमाडौमा होली पर्व मनाए । यही चैत २मा प्रदर्शन हुन लागेको चलचित्र ‘पंचायत’का कलाकार तथा निर्माता निर्देशकहरुले समेत आव विहिवार मजैले होली मनाए । ऐतिहासिक र सामाजिक कथावस्तु जोडेर निर्माण भएको उक्त चलचित्रका कलाकारले दिनभर विभिन्न ठाउँका होली विशेष लाईभ कार्यक्रममा पुगे । शुरुमा चण्डोलमा आयोजित हिमालय टेलिभिजनको होलीविशेष कार्यक्रमबाट पंचायत टिमले होली खेल्न शुरु गरेको थियो । त्यसपछि टिभी पिल्मीमा पुगेर मजैले होली खेले ।

 लगत्तै एपी वान टिभीको लाईभ कार्यक्रममा सहभागि भएर पञ्चायत टिम गोदावरीमा रहेको नायिका करिष्मा मानन्धरको घरमा आयोजित होली विशेष कार्यक्रममा पुगेको थियो । पञ्चायत टिमलाई दर्शक तथा कलाकारले भव्य स्वागत गरे भने कलाकारसँग सेल्फीमा दर्शक रमाए । होली कार्यक्रममा फिल्मका निर्माता गणेश गिरी, कार्यकारी निर्माता, रवि अधिकारी, लेखक तथा निर्देशक शिवम अधिकारी, कलाकारहरु सरोज खनाल, नीता ढुंगाना र जाहान्वी बस्नेतको सहभागिता थियो । पंचायत लेखेको टिसर्ट लगाएर होली खेल्न पुगेका चलचित्रका नायक सरोज खनालले भने, ‘चैत दुई मा पञ्चायत लाग्दै छ, तपाईहरु कसैलाई अन्याय परेको छ भने म न्याय दिन आउँदै छु, तपाईपनि आउनुस् हलमा ।’ दर्शकहरुले हलमा जाने प्रतिबद्धता जनाए । नायिका नीता ढुंगानाले मुभी राम्रो बनेको भन्दै न्याय हेर्न पनि हल पुग्नुपर्ने प्रतिक्रिया दिईन् । कलाकारलाई दर्शकले राम्रै साथ दिएका थिए । ‘गणतन्त्रको बेला आगामी चैत्र २ गते फेरी पञ्चायत आउँदै छ, मौलिक पन भएको नेपाली चलचित्र हो पंचायत, हेरिदिनुस् तपाई असन्तुष्ट हुनुहुने छैन,’ निर्देशक शिवम् अधिकारीले भने । निर्माता गणेश गिरीले अर्गानिक चलचित्र बनेको भन्दै नेपालीले हेर्नैपर्ने फिल्म बनेको दावी गरे । चलचित्र पत्रकार समेत रहेका कार्यकारी निर्माता अधिकारीले पत्रकारले पनि किन चलचित्रमा लगानी गर्यो त्यो बुझनका लागि पनि पञ्चायत हेर्नैपर्न चलचित्र भएको बताए । पंचायत यही फागुन २५ मा भिआईपी सो गर्ने तयारी गरिएको छ । जसमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल लगायत नेताहरु सहभागि हुने जनाईएको छ । अमेरिकामा २१७ वटा फिल्म मध्य पंचायतले उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्ड पाईसकेको छ । यसले पंचायतकालको एउटा गाउँको सामाजिक व्यवस्था, न्यायप्रणाली, संस्कृति र महिलामाथि हुने गलत क्रियाकलापलाई उजागर गरेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add