यो मन त मेरो नेपाली हो


जनकपुरमा भोजपुरी स्टार निरहुवा र उनको टीम / होलि हंगमाको लागी सम्पूर्ण तयारी पुरा

पछिल्लो पटक मधेश आन्दोलनका कारण स्थगीत गरिएको जनकपुर होली हंगामा यस वर्षको यहि फाल्गुन  १७ गते हुने भएको छ जसका लागी भारत बाट कलाकारहरु पनि जनकपुर आइसकेकाछन्  । बुधबार एक कार्यक्रमका बीच आयोजक कमिटीले होली हंगामा कार्यक्रममा प्रस्तुति दिनालागेका भोजपुरी सीने जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआ,आम्रपाली दुवे,आइटम क्वीन सीमा सिंह सहित नेपाली गायिका सेलिना कुँवर लाई पत्रकार सम्मेलन गर्दै  काय्रक्रमको बारेमा जानकारी दिए ।
  "म जनकपुर आएको दोश्रो पटक हो तर मेरो प्रस्तुति भने पहिलो पटक हो म दर्शकले जति सम्म मलाई हेर्न र डिमाण्ड गर्न सक्छन म त्यति सम्म आफ्नो प्रस्तुति दिन्छु " नायक दिनेश लाल यादबले पत्रकार लाई जानकारी दिंदै भने । त्यस्तै नायिका तथा गायिका आम्रपाली दुबेले पनि म दर्शक लाई खुशी बनाउछु यो मेरो बाचा भयो भनेर भनिन ।   
सांस्कृतिक कार्यक्रममा सवै भाषाको गित संगीत समायोजन गरिनेछ भने कुनै प्रकारको भल्गर वा अश्लिल नृत्य अथवा गीत नचलाई विशुद्ध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।कार्यक्रमममा एसराज प्रोडक्सनका म्यानेजर एवम चर्चित गायक संतोष राज,    सेलिना कुँवर,विजय यादव निर्बिज डा ।नबल पजियार, सहित कलाकारहरुका साथै स्थानीय हुक्का लोली टिभी टिम र रोचक घोचक टिभी टिमले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ । यस कार्यक्रमलाई एस राज प्रोडक्सन , आर ए बि एस तथा भोर र ईभेंटन लाई आर ए बि एस ईन्टरनेशनलले म्यानेज गर्ने बताए आयोजक कमिटि तथा कार्यक्रमलाई एस राज प्रोडक्सनका सी ई वो तथा गायिका सेलिना कुवंरले ।  
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add