यो मन त मेरो नेपाली हो


जय शम्भुमा लाखौंको सेट, एक्शनमा धमाका

चार क्यामराले एक साथ फिल्म खिच्दै

 काठमाडौं । केही दिन अघिमात्र फिल्म जय शम्भु घोषणा गरिएको थियो । फिल्म जय शम्भु घोषणाकै दिनदेखी फ्लोरमा गएको हो । हाल फिल्म जय शम्भुको छायाँकन चलचित्र विकास कम्पनी बालाजुमा भईरहेको छ । १० दिनको सेडुलमा विकास कम्पनीमा शुटिङ भईरहेको छ । शुरुमा फिल्मका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको परिचयात्मक एकशन सिन खिचिएको हो । फिल्मको शुटिङ एक साथ चार क्यामराले भईरहेको छ ।
फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ । फिल्मका निर्माण टिमले एक्शन र गीतमा मात्र नभई पुरै फिल्ममा चार क्यामरा प्रयोग हुने बताईएको छ । उक्त एक्शन सिनको लागि लाखौं खर्च गरेर सेट तयार पारिएको छ । सेट तयार पार्न १० लाख बढि खर्च भएको र सेटसँगै लाखौंको प्रोपर्टि राखिएको छ । सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको निर्माण पक्षले जानकारी गराईएको छ । एक्शन कोरियोग्राफर श्री श्रेष्ठले फिल्म जय शम्भुमा एक्शनको नयाँ अपडेट शुरु गर्न लागिएको बताएका छन् । उनले फिल्म जय शम्भुमा जस्तो सिन अरु फिल्ममा हाल सम्म नभएको दावी गरेका छन् । गाडीलाई रिङगमा घुमाउने, १० फिट उचाईमा गाडी उडाउने लगायतका सिनहरु ज्य शम्भुमा रहने उनले बताएका छन् । फिल्मको कलाईमेक्समा मात्रै ३० लाख बढि खर्च हुने एक्शन कारियोग्राफर श्री श्रेष्ठले बताएका छन् । फिल्मका निर्देशक रुपेश तामाङले हाल एक्शनका सिहरु भईरहेको र एक्शन पुरै बलिउडकै स्टाईलमा नेपालमा पहिलो पटक खिच्न लागेको दावी गरेका छन् । हाल मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटीको एक्शन सि भईरहेको छ । फिल्मको ८० प्रतिशत बढि सिन काठमाडौंमा खिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिचिने योजना रहेको छ । प्रस्तुतकर्ता दिनेश शाही रहेको जय शम्भुमा निर्माता अरविन्द्र शाक्य छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन छन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शंकर बस्नेत रहेका हुन् । फिल्म नयाँ बर्षको श्रावण १ मा रिलिज हुने बताईएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add