यो मन त मेरो नेपाली हो


गाँजा हन्टिङको कथा हो "गाँजा बाजा" / एडल्ट बन्यो "गाँजा बाजा"

केहि बर्ष अघि सिनेमा ‘मन्जरी’ निर्देशन गरेर खुब तारिफ बटुलेका निर्देशक गणेशदेव पाण्डे गत केहि बर्ष देखि चर्चित बन्दै आएका छन्  । सिनेमाको टाईटल देखि सेन्सर सम्म आउदा सिनेमाको युनिटले थुप्रै बाधा ब्याबधान सहनु परेको थियो र अहिले भने निर्माण युनिट यी बाधा ब्याबधान बाट  उम्किएको छ र सिनेमा सेन्सर गरेर प्रदर्शनको लागी तम तयार भएको छ ।  सोमबार सेन्सर बोर्डबाट "गाजा बांजा" ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यस चलचित्र लाई १६ बर्ष भन्दा मुनिका दर्शकहरुले हेर्न पाउने छैन्न ।

अब सिनेमा फागुन २५ देखि अलनेपाल प्रदर्शन हुदैछ । सिनेमाको ट्रेलर र गीत रिलिज भैसकेका छन् । जहाँ सिनेमालाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । यसैक्रममा सिनेमाको प्रचारको लागि पोखरा पुगेका निर्देशक पाण्डेले ‘गाँजा बाजा’ १ दिनको कथा रहेको खुलाएका छन् । उनले भने ”गाँजा बाजा’ भूकम्प पछीको समयमा युवाहरुको गाँजा हन्टिङको कथा हो । गाँजाको लागि जे पनि मरिमेट्नेहरुको मात्र एक दिनको कथा हो ।’



सिनेमामा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add