यो मन त मेरो नेपाली हो


नेपालको ईतिहासमा नै मधेशबाट पहिलो फिल्म अल नेपाल रिलिज हुँदै "मधेशी पुत्र २ "

यहि चैत ९ गतेबाट देशै भर मधेशको कथा उठाईएको फिल्म "मधेशी पुत्र २ " प्रदर्शनमा आउने भएको छ । नेपाली र भोजपुरी दुवै भाषामा रहेको यस सिनेमाले समग्र देशको राजनीतिक कथा लाई उठाएको छ । बिशेष मधेस आन्दोलनको कथा उठाएको यस फिल्मले सेन्सरमा थुप्रै लफडा खेप्नु परेको बताए निर्देशक निराजन कुमार मेहेताले । तराईको राजनीतिक कथा भएकोले सेन्सरमा  गाह्रो भएको हो तर सेन्सर सदश्यहरुबाट भने फिल्मको राम्रो तारिफ पाएको छ । "अहिले सम्मको भोजपपुरी फिल्मको इतिहासमा नै मधेशको कथा भएको सिनेमा नबनेको र प्रदर्शनमा पनिं देशैभर एकै साथ् रिलिज नभएको इतिहास नेपाली सिनेमा नगरीमा रहेको छ र यो ईतिहास अब मधेशी पुत्र २ ले कोर्नेछ " । निर्देशक मेहेताले भन्नु भयो ।

देशैभर करिब ३५ ओटा भन्दा बढी सिनेमा घरबाट प्रदर्शनमा आउने यस फिल्मलाई बिशेष तराईका दर्शकहरुलाई केन्द्रित गर्ने बताए वितरक सुरज खड्काले । निर्माता उदित नारायाण शाह अरुणको सोलो लगानीमा निर्माण भएको यस फिल्म  अनुराग फिल्म्सको सातौ प्रस्तुति हो । तराईका बिभिन्न ठाउ । स्पतरी, सिरहा , धनुषा र भैरवा लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा नायक तथा निर्देशक निराजन कुमार मेहेता , निता घिमिएर , धुर्ब कोईराला , प्रविन लाल यादब , मनोज राज देब यादब म उषा पाण्डे, लगायतकाको अभिनय रहेको छ । यस फिल्मले केहि दिन अघि राजधानीमा बिभिन्न क्षेत्र संग सरोकार राख्ने व्यक्तिहरु र कलाकारहरुको लागी गरेको बिशेस सो बाट पनि निकै राम्रो तारिफ पाएको थियो । फिल्म "मधेशी पुत्र २ " यहि चैत ९ गते बाट देशै भर प्रदशनमा आउने भएको छ  . 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add