यो मन त मेरो नेपाली हो


बेलायतका सहरमा देखाइँदै "उल्झन"

काठमाडौं । अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म ‘उल्झन’को बेलायतका विभिन्न सहरमा रेडकार्पेट प्रिमियर हुने भएको छ । फिल्म निर्देशक राजु अधिकारीका अनुसार आगामी मार्च १८ गते बेलायतको अलडरसटमा रहेको एम्पायर हलमा हुनेछ ।

त्यस्तै साउथ ह्यरोमा रहेको ह्यरो फुटबल क्लबमा मार्च २५ गते फिल्मको प्रिमियर हुँदैछ ।  यी दुई स्थानबाहेक रेडिङ, स्विडेन, बेजिङस्टोक, ननिनटङ, बर्मिंगम, योर्क तथा स्कटल्याण्डलगायतका स्थानमा फिल्म प्रदर्शन गरिनेछ । फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आसुतोष फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा तेजेन्द्र कँडेल प्रस्तुतकर्ता छन् । नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा हरिकृष्ण कार्की र नविन अधिकारी निर्माता छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add