यो मन त मेरो नेपाली हो


नेपाली सिनेमामा नव नायिका नामिताको प्रवेश / नायक सबिन श्रेष्ठ संग जोडी बाँधिदै नमिताको

 नेपाली चलचित्र नगरीमा नयाँ अनुहारहरुको आगामन धेरै नै हुने गर्दछ तर आगामन हुने मध्यमा केहि सफल हुन्छन त केहि असफल भएर नगरी बाट पलाएन नै हुन्छन । तर सिनेमा नगरीमा आफ्नो करिएर बनाउने भन्दै फेरि अर्को एउटा समभावना बोकेकी नयाँ अनुहारको आगामन भएको छ ।
नेपाली सिनेमा नागरिमा नयाँ अनुहारको रुपमा नव नायिकाको उदय भएको छ । नेपाली चलचित्र "परदेशीको जिन्दगि" बाट  नव नायिका नमिता खड्काको आगमन नेपाली चलचित्र नगरीमा भएको  छ । बहु प्रतिभाको धनि नव नायिका नमिता खड्काले करिब डेढ दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम  पनि गरिसकेकी छिन । उनि भन्छिन "भिडियोमा काम गरेको अनुभब मैले चलचित्रमा उतार्ने कोस्सी गरेको छु आशा छ मेरो काम मेरा दर्शक  तथा शुभचिन्तकहरुले मन परईदिने हुने छ" ।

पुर्व उर्लाबारी घर भएकी नमिता अहिले २३ बर्षकी भएको उनले बताईंन  सानै उमेर देखि राजधानिमा बसोबास गर्दै आएकी  नामिताले चलचित्रमा अभिनय गर्नु  अघि आफुलाई पूर्णरुपमा सिनेमाको लागी तयार पारेको बताउछिन । सिनेमाको लागि भनेर धेरै वोर्कआउट गरेको उनले बताईंन । नमिता लाई अभिनयको साथै नित्य पनि मन पर्ने उनले बताईंन । नमिता अभिनित फिल्म "परदेशीको जिन्दगि" को हाल धमाधम छायांकन भैरहेको छ । फिल्म लाई निर्देशक बिचल किरातीले निर्देशन गरिरहेका छन् । फिल्ममा नमिता संगै नायक सबिन श्रेष्ठ पर्दामा देखिदैछन् । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add