काठमाडौं। फिल्म ’लम्फू’ वैशाख २८ मा रिलिज हुने तयारीमा रहेको छ । ’लम्फू’को पोस्टरहरु सार्वजनिक भएका छन् । फिल्मको तीनवटा फरक फरक पोस्टर निकालेका छन् । तीनवटै पोस्टरमा नवनायक कबिर खड्का रहेका छन् । एक पोस्टरमा कबिर एक्लै अर्काेमा पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन् ।
तरकारीवालीको नामले सामाजिक सञ्जालमा भाइरल बनेकी कुशुम श्रेष्ठ पनि अर्को एउटा पोस्टरमा देखेकी छिन् । पोस्टरमा कुशुमले हातमा सेतो गुलाबको फूल लिएकी छन् । उनीसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् । तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् । कबिरको साथमा सलोन र सञ्जित भण्डारी रहेका छन् । ’लम्फू’का पोस्टरहरु टौवा क्रियसनले तयार पारेको हो । फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ फिल्ममा भूपतिको लेखन हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ ।

0 comments:
Post a Comment