काठमाडौँ । आजबाट नायिका स्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ देशभरका हलमा रिलिज भएको छ । नायक दयाहाङ राई र नायिका स्वेता खड्काको मुख्या भुमिका रहेको यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
नायिका खड्काकै लगानी रहेको चलचित्र उत्कृष्ट बनेको बताउँछिन् । चलचित्रले देशभरका सिंगल र मल्टिप्लेक्समा सुखद कारोबार गर्ने आशा गरिएको छ । चलचित्रमा स्वेताको साथमा नायक दयाहाङ राई, नायिका अनु शाह, कलाकार नीर शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
‘कोहिनुर’ पछि स्वेतालाई दर्शकले चलचित्रमा पर्खिरहेका थिए । यसैले, पनि सोलो रिलिजको अवसर पाएको ‘कान्छी’को व्यापार उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।








0 comments:
Post a Comment