यो मन त मेरो नेपाली हो


नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने !

४ फागुन,काठमाडौँ । विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ ।
विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि स्थान पक्का बनाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नामिबियालार्इ १ विकेटले हराएको नेपाल दास्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । आफ्नो तेस्रो खेलमा युएर्इलार्इ हराएको नेपाल केन्यासँगको चौथो खेलमा पनि विजयी भएको थियो ।

लिग चरणको अन्तिम खेलमा क्यानडालार्इ नाट्किय रुपमा १ विकेटले हराएको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि छानिएको थियो । बिहीबार भएको फाइनल खेलमा भने नेपाल युएर्इसँग हारेको थियो ।

फाइनलमा हारेपनि प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछो भएका थिए भने धेरै रन बनाउने खेलाडी नेपालका पारस खडका भएका थिए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add