काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सम्पन्न डल्लास अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरुले तीन स्वर्ण पदक जित्न सफल भएका छन् । तेक्वान्दो खेलाडी यान कुमारी चौलागाई , ज्ञानी चुनारा र ताराकुमार रायमाझीले स्वर्ण पदक हात पारेका हुन् ।

अमेरिकाको टेक्सासस्थित डल्लासमा सम्पन्न तेक्वान्दो प्रतियोगिताको महिलातर्फको फेदर वेट ५३ देखि ५७ केजीको समूहमा यानकुमारी चौलागाईले साल्भाडोरका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यसैगरि महिला लाईट वेट ५८ देखि ६२ केजीको तौल समूहमा अमेरिकाकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । उता पुरुष फलाई वेट ५४ देखि ५८ केजीको समूहको पुरुषतर्फ ताराकुमार रायमाझीले मेक्सिकोका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न फिल भएका छन् ।
नेपाली टीमको व्यवस्थापक र टीम कोचमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवं हाल अमेरिकाको बाल्टीमोरस्थित एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमीका तेक्वान्दो प्रशिक्षक कुमार कार्कीले गरेका थिए । साथै तीनै जना राष्ट्रिय खेलाडीलाई नेपालका पूर्व वरिष्ठ तेक्वान्दो प्रशिक्षक अमीर श्रेष्ठको विशेष सहयोगमा अमेरिकाको उत्कृष्ट तेक्वान्दो टोलीसँग दुई हप्ताको विशेष प्रशिक्षण लिँदै आएका थिए । स्वर्ण पदकसँगै नेपाली टोली फागुन ५ गते स्वदेश फर्कने छन् ।

0 comments:
Post a Comment