यो मन त मेरो नेपाली हो


विश्वकै होचा भनि गिनिज बुकमा नाम राखेका खगेन्द्र थापामगर सम्मानित

काठमाडौं । विश्वकै होचा मानिसका रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाएका खगेन्द्र थापा मगरलाई आइतबार नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले राजधानीमा सम्मान गरेको छ।

२ फिट २ इन्च अग्ला २७ वर्षीय खगेन्द्रलाई संघका सल्लाहकार कृति पाण्डेले दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरियो। कार्यक्रममा संघका उपाध्यक्ष तथा महिला विभाग प्रमुख कमलाकुमारी गुरुङले खगेन्द्र थापा मगर फाउन्डेसनलाई १० हजार ५ रुपैयाँ दिइन्।

फाउन्डेसनका अध्यक्ष मीनबहादुर रानाले पछिल्लो समय खगेन्द्रको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताए। उनले खाना खानेबित्तिकै बान्ता गर्ने समस्या देखिएको भन्दै उनको स्वास्थ्यबारे राज्यले चासो राख्नुपर्ने आग्रह गरे।

‘उनको स्वास्थ्य अवस्थाबारे अहिले हामीलाई चिन्ता भइरहेको छ। केही अस्पतालमा देखाइसकेका छौं’, अध्यक्ष रानाले भने।

२७ वर्षको उमेरमा सबैभन्दा कम तौल भएको व्यक्तिको कीर्तिमानका लागि पनि फाउन्डेसनले गिनिज बुकमा अपिल गरेको उनले बताए। हाल खगेन्द्रको तौल ५ किलो छ।

‘यो उमेरमा संसारमा यति कम तौलका मानिस अन्य देशमा नहोलान् भन्ने लाग्छ। हामीले अपिल गरेका छौं’, उनले भने। कार्यक्रममा नेपाल–भारत आदिवासी जनजाती मैत्री संघका अध्यक्ष विनोद गुरुङले खगेन्द्रका बुवा रुपबहादुर थापा मगरलाई जनजातिको फेटा बाँधेर सम्मान गरेका थिए।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add