यो मन त मेरो नेपाली हो


श्रीदेवीको अन्तिम सेल्फी / साथमा छोरी खुशी

एजेन्सी । बलिउडकी पहिलो सुपरस्टार अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमै निधन भयो । जानकारीमा आएअनुसार श्रीदेवीको हर्टअट्याकको कारण मृत्यु भएको हो । अहिले अभिनेत्री श्रीदेवीको मृत्युको समाचारले निकै चर्चा पाईरहेको छ ।

श्रीदेवी एक विहेको समारोहमा उपस्थित हुन दुबई पुगेकी थिईन् । उनका साथमा पती बोनी कपुर र कान्छी छोरी खुशी कपुर पनि त्यस समारोहमा उपस्थित थिए ।

श्रीदेवीकी जेठी छोरी फिल्म ‘धडक’को शुटिङको कारण मुम्बईमै थिईन् । दुबईको त्यस बिहेको समारोहमा अभिनेत्री श्रीदेवीको साथमा कान्छी छोरी खुशी र मोहित मल्होत्राले एक सेल्फी लिए जुन अहिले श्रीदेवीको अन्तिम सेल्फीमा परिणत हुन पुगेको छ ।

दुबईमा मोहित मारवाहको बिहे थियो । मोहित बोनी, अनिर र संजय कपुरको भाञ्जो हुन् । यो बिहेमा श्रीदेवी पनि सामेल भएकी थिईन् ।
उनको साथमा छोरी खुशी र अनिल कपुर पनि सहभागी थिए । श्रीदेवीले त्यस समारोहको केही तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिईन् ।  श्रीदेवीले आफ्नो चा वर्षको उमेर देखिनै एक्टिङमा जादु चलाएकी थिईन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add