ग्ल्यामरस अन्दाजका कारण सनी लियोन बलिउडमा निकै चर्चित छिन् । क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।
त्यस्तै हालै भारतीय अनलाइनले बंगलादेशकी सनी लियोन भन्दै एउटी बंगलादेशी मोडलको निकै प्रचार–प्रसार गरेका छन् । ती मोडल हुन्, नायला नइम ।सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिसेम्बर १४ मा बंगलादेशको बरिसलमा जन्मिएकी नायलाले र्याम्प मोडलिङबाट करिअर सुरु गरेकी हुन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले बंगलादेशको मनोरञ्जन दुनियाँमा आफ्नो बेग्लै नाम स्थापित गरेकी छिन् ।
उनले थुप्रै प्रोडक्टको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । नायला बिकनी लगाउन कत्ति पनि हिच्किचाउँदिनन् । उनले बिकनी पोजमा काम गरिसकेकी छिन् । अंगप्रदर्शनका मामलामा निकै उदार विचार राख्ने गरेकाले पनि उनलाई सनी लिओनसँग दाँजिएको हो । बिकनी पोजका कारण उनले निकै आलोचना र गाली पनि पाउने गरेकी छिन् ।
मोडलिङका साथै अभिनयमा समेत रुचि राख्ने उनले केही टिभी सो र फिल्ममा काम गरिसकेको मिडियाले उल्लेख गरेका छन् ।







0 comments:
Post a Comment