काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समुह चरणको अन्तिम खेल आज क्यानडासँग खेल्दै छ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई जित्नैपर्ने दबाव छ । खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।
अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६(६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।
यदि नेपाल क्यानडासँग हार्यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६(६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएईमध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ ।







0 comments:
Post a Comment