नेपाली संगीतको आकाशमा उज्यालो नाम हो गायक उदित नारायन झा । र यिनै उज्यालो नाम र ब्यक्तिलाई संगीतकार सन्तोष राजले पुन नेपाली सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । प्रदर्शनको क्रममा रहेको सिनेमा "नेप्टे" को दिल रानी बोलको गीतमा संगीतकार सन्तोस राजले गायक उदित नारायण झालाई निकै राम्रो संग कम ब्याक गराएका छन् । बिहिबार सार्वजनिक भएको गीत २४ घण्टा बित्न नपाउंदै नब्बे हजार भन्दा बढी पटक हेरिएको छ ।
निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा लाई रोहित रुम्बाले निर्माण गरेका हुन् । गीत् सार्वजनिक गर्ने समयमा नायक तथा निर्माता रोहित रुम्बा भनेको यतिखेर भारतमा छन् । एफ टि टि आई को आयोजनामा एक महिने बिसेस अभिनय तालिमको लागी रोहित अन्य १९ जना नेपाली कलाकारहरु संग भारतमा रहेका छन् । नायाक तथा निर्माता रोहित रुम्बा रा नायिका छुल्ठिम गुरुङ लाई फिचर गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । निकै राम्रो डान्सको प्रस्तुति रहेको गीत भिडियो सगै अडियो पनि राम्रो रहेको प्रतिक्रिया युटुबमा आएको छ ।
चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । गीतमा यमनाथ मैनालीको शब्द रहेको छ ।
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद फिल्ममा रहेको छ ।







0 comments:
Post a Comment